खोला बगरका फूल (एक गीत)
-सन्तोष कुमार पोखरेल
कति सुन्दर हुन्छन् होला
खोला बगरका फूल।
न छेकेको हुन्छ कसैले
न टेकेको हुन्छ कसैले
न चढेको हुन्छ नजरमा कसैको
न देखेको हुन्छ कसैले
अनि कहाँबाट होला उसबाट भूल?
निर्जन धरामा झुलिरहेको
खोला बगरको फूल।
अनपेक्षित उ मेरानिम्ति
म उसका लागि सुदूर
परदेशी एक आपसमा हामी
ठाँउ छ हाम्रो दूर
फेरि मनमोहक छ उसको नूर।
प्रेम होस् मेरो कबूल
हे खोला बगरको फूल!
यो प्रेममा मूल्य चुकाउनु के छ
कस्को हो कस्तो उशूल
मलाई था छैन म जान्दछु मात्र
यो प्रेमको शूल
त्यसैले प्रेमको प्रस्ताव छ तिमिलाई
म छुदैछु तिम्रा धूल
हे खोला बगरको फूल!
यस्तै म आज सोचिरहेछु
मेरो चिदाकास खूल!
कति सुन्दर हुन्छन् होला
खोला बगरका फूल! (C)
भक्तपुर, नेपाल ।






Add Comment